वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित: कप्तान रोहित पौडेल म्यान अफ द म्याच, अवार्ड जेनजी शहीदहरूलाई समर्पण


काठमाडाै । नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ अध्याय सुरु गरेको छ। यस शानदार जितमा कप्तान रोहित पौडेलको योगदान निर्णायक रह्यो। उनले ब्याटिङ, बलिङ र कप्तानी तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याचको उपाधि जिते।
पौडेलले नेपालका लागि सबैभन्दा धेरै ३८ रन बनाएका थिए। बलिङमा पनि उनले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए। मैदानमा उनको कप्तानी प्रभावशाली देखियो-रणनीति, नेतृत्व र टोली समन्वय सबै पक्षमा उनी सफल रहे।
खेलपछिको पुरस्कार समारोहमा रोहित पौडेलले आफ्नो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएका युवाहरूलाई समर्पित गर्दै भने:
“मेरोम्यानअफदम्याचअवार्डजेनजीआन्दोलनमाशहीदभएकाहरूलाईसमर्पितगर्नचाहन्छु।”
उनको यो अभिव्यक्ति न केवल खेलप्रतिको प्रतिबद्धता मात्र नभइ समाजप्रतिको उत्तरदायित्व र संवेदनशीलता पनि झल्काएको छ ।