युरोपियन च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिड सेमिफाइनलमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of युरोपियन च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिड सेमिफाइनलमा

काठमाडौ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलबाट एट्लेटिको मड्रिड सेमिफाइनलमा पुगेको छ।

स्पेनिस क्लब बार्सिलोना विरुद्ध समग्रमा ३–२ को जित निकाल्दै एट्लेटिकोले अन्तिम चारमा स्थान बनाएको हो। दोस्रो लेगमा २–१ ले पराजित भए पनि पहिलो खेलको जितले उसलाई अगाडि बढाएको हो।

खेलको सुरुवातमै बार्सिलोनाले राम्रो सुरुआत गर्दै ५ औं मिनेटमा लामिन यामल र २४ औं मिनेटमा फेरान टोरेसले गोल गरेका थिए। यसले खेलको समग्र नतिजा बराबरीमा ल्याएको थियो। तर ३१ औं मिनेटमा एट्लेटिकोका एडमोला लुकम्यानले गरेको गोल निर्णायक बन्यो।

दोस्रो हाफमा फेरान टोरेसले अर्को गोल गरे पनि भिडियो सहायक रेफ्रीले अफसाइड देखाएपछि त्यो गोल मान्य भएन। साथै खेलको ७९ औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले टोली सेमिफाइनलमा पुगेकोमा खुसी व्यक्त गरेका छन्। अब एट्लेटिकोले सेमिफाइनलमा आर्सनल वा स्पोर्टिङ सीपी मध्ये एकसँग खेल्नेछ ।