नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो। आजका लागि सुनको मूल्य तोलाको ३ लाख २ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो। त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ।

चाँदी तोलामा १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। बजारमा अन्तर्राष्ट्रिय मूल्यको उतारचढाव र स्थानीय मागका कारण सुन र चाँदीको मूल्यमा परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।