प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता भोली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता भोली

काठमाडौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ। स‌सद सचिवालयले जारी गरेको सूचनाअनुसार मनोनयन दर्ता बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ।

मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा गरिनेछ। उम्मेदवारहरूको सूची सोही दिन दिउँसो साढे ४ बजे सार्वजनिक गरिनेछ। प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापति चयनका लागि निर्वाचन हुन बाँकी छ।

यसअघि चैत २७ गतेको बैठकले समितिका सदस्यहरूको नाम टुंगो लगाएको थियो। सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गते सभापति निर्वाचन गर्ने मिति तय गरेका थिए। नियमअनुसार सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति बनाउन एक सदस्यले प्रस्ताव गर्नुपर्ने र अर्को सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था रहेको छ।