सल्यानमा जीप दुर्घटना: तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of सल्यानमा जीप दुर्घटना: तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

सल्यान ।रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक जीप सल्यानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, आइतबार बिहान लु २ ख ६५०२ नम्बरको जीप कपुरकोट गाउँपालिका, चोरखोला क्षेत्रमा सडकबाट झण्डै ४ सय मिटर तल खसेको हो। अनियन्त्रित भई दुर्घटना भएको सो सवारी साधनमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइनसकेको बताइएको छ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते भएका एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि दाङ पठाइएको छ।

यसैविच सुर्खेतमा ईभी गाडी दुर्घटना हुदाँ १७ जना यात्रु घाइते भएका छन् ।  रत्न राजमार्ग अन्तर्गत सुर्खेतको बिउरेनी नजिक आइतबार बिहान भएको ईभी गाडी दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार, .प्र.०२००१ ख ११२९ नम्बरको सो गाडी बिउरेनी नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकी १६ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।