सभामुख अर्यालयका तीन वटा गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सभामुख डोलप्रसाद (डीपी) अर्यालका तीन वटा गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। नेपाल ट्राफिक कार्यालयका अनुसार बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाँदै गर्दा लेन क्रस गरेको कारण उनका गाडीलाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर सभामुखका अगुवा र पछुवा दुवै गाडीलाई चिट काटेको जनाएको छ। भीभीआईपी सवारी साधनमाथि पनि ट्राफिक नियम समान रूपमा लागू गर्नुपर्ने चर्चा भइरहेका बेला यो कारबाही भएको हो।
थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन भएपछि गाडी सिंहदरबार पुगेपछि नै चिट काटिएको बताइएको छ। गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैलाई समान रुपमा लागू हुने बताएका थिए। उनले भीआईपीका लागि नागरिकलाई सास्ती नदिन पनि निर्देशन दिएका थिए।







