गण्डकीमा नयाँ मन्त्रिपरिषद् गठन, कांग्रेस–एमालेबाट ४–४ मन्त्री

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गण्डकीमा नयाँ मन्त्रिपरिषद् गठन, कांग्रेस–एमालेबाट ४–४ मन्त्री

काठमाडौ । गण्डकी प्रदेशमा सबै मन्त्रीहरू फेरिएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा नयाँ मन्त्रीहरू नियुक्त भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नेतृत्वको प्रदेश सरकारमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ भागबण्डाअनुसार नेपाली कांग्रेस र एमालेले समान रूपमा ४–४ वटा मन्त्रालय पाएका छन्। कुल ९ सदस्यीय मन्त्रिपरिषद्मा सबै मन्त्रालयमा नयाँ मन्त्री आएका छन्। कांग्रेसबाट जित शेरचन अर्थमन्त्री बनेका छन् भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन्।

त्यसैगरी रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेकी छन् भने नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन्। एमालेतर्फ गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका छन्। यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य तथा जनसंख्या, र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन्।

यसअघि रहेका सबै मन्त्रीहरू हटाइएपछि प्रदेश सरकारमा नयाँ टोलीले जिम्मेवारी सम्हाल्ने भएको छ।