शिक्षा मन्त्री पोखरेल र बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
शिक्षा मन्त्रालयमा आज उनीहरु बिच भेटवार्ता भएको हो । भेटमा नेपाल र बेलायतबीच शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै पक्षबीच दुई देशको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग र भविष्यमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ। नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने तयारी गरेको अटिजमसम्बन्धी विद्यालयका लागि सहकार्य गर्ने विषयमा पनि परामर्श भएको बताइएको छ।
साथै शिक्षकहरूको पेसागत क्षमता विकास र तालिम कार्यक्रमबारे पनि छलफल भएको छ।







