कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। कांग्रेसको अनुशासन समितिको आज बसेको बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
खड्काले पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको आरोप लागेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। अनुशासन समितिले यसअघि पनि यस्तो गतिविधिमा सचेत गराइसकेको स्मरण गर्दै फेरि स्पष्टीकरण माग्ने निर्णय गरेको हो।
अब खड्काले ७ दिनभित्र स्पष्टीकरण दिनुपर्नेछ। त्यसपछि पार्टीले आवश्यक निर्णय गर्ने बताइएको छ।







