नयाँ वर्षको पहिलो दिन सेयर बजार हरियाली, कारोबार १० अर्ब माथि
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजारमा उच्च वृद्धि देखिएको छ। आज सेयर बजार परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतले बढी हो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। २२१ कम्पनीको मूल्य बढ्दा ४५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर ४८१.८७ विन्दुमा पुगेको छ। आज सबै १३ वटै उपसूचकमा वृद्धि देखिएको छ।
सेयर बजारमा आज १० अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ३४४ कम्पनीका २ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। बजार बढेको दिन ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।







