टाइमको प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनको '१०० प्रभावशाली व्यक्ति' सूचीमा परेका छन्। यो सूची बुधबार सार्वजनिक गरिएको हो।
टाइम म्यागेजिनले शाहलाई युवाको समर्थनबाट राजनीतिमा आएका र पुराना नेताहरूलाई चुनौती दिएका व्यक्तिका रूपमा उल्लेख गरेको छ। काठमाडौं महानगरपालिकाको मेयरबाट सुरु भएको उनको यात्रा अहिले प्रधानमन्त्रीसम्म पुगेको पनि म्यागेजिनले जनाएको छ।
म्यागेजिनले उनको पुरानो सामाजिक सञ्जाल पोस्ट पनि स्मरण गरेको छ, जहाँ उनले सबै नेता चोर भएको बताएका थिए। अहिले भने नेपालीहरू उनले आफ्नो कामबाट त्यो भनाइ गलत साबित गरून् भन्ने अपेक्षा गरिरहेका छन्।
टाइम म्यागेजिनले हरेक वर्ष संसारभरका विभिन्न क्षेत्रमा प्रभाव पार्ने १०० जनाको सूची सार्वजनिक गर्दै आएको छ।







