डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो, तर निगम अझै घाटामा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो, तर निगम अझै घाटामा

काठमाडौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। आज बिहानदेखि लागू हुने गरी प्रतिलिटर ३० रुपैयाँले मूल्य बढाइएको हो।

अब नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। हवाई इन्धनको मूल्य पनि बढाएर प्रतिलिटर २५६ रुपैयाँ कायम गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र इन्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्नुपरेको बताएको छ।

मूल्य बढाउँदा पनि निगम अझै घाटामै रहेको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासमा अझै घाटा रहेको छ। निगमले अहिले पनि पाक्षिक रूपमा अर्बौ रुपैयाँ घाटा बेहोरिरहेको जनाएको छ।