आपिएलमा आरसिबीको ले शानदार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले शानदार प्रदर्शन गर्दै लखनऊ सुपर जायन्ट्सलाई १ सय ४६ रनमै अलआउट गर्दै ५ विकेटको जित निकालेको छ। यो जितपछि आरसिबी इन्डियन प्रिमियर लिग (आपिएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
पहिले ब्याटिङ गरेको लखनऊ सुरुदेखि नै दबाबमा रह्यो। टोलीबाट केवल मिचेल मार्स (४० रन) र आयुष बोडानी (३८ रन) ले केही योगदान गरे पनि अन्य ब्याटर टिक्न सकेनन्। आरसिबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। रसिक सलाम दारले ४ विकेट लिए भने भुवनेश्वरले ३ विकेट लिए। जवाफमा ब्याटिङ गर्न आएको आरसिबीका लागि विराट कोहलीले ४९ रनको संयमित इनिङ खेले।
कप्तान रजत पाटिदो २७ र जितेश शमाले २३ रनले छिटो रन जोड्दै टोलीलाई जिततर्फ डोर्याए। आरसीबीले १५ दशमलव १ ओभरमै लक्ष्य पूरा गर्दै पाँच विकेटको सहज जित हात पारेको हो। आज मुम्बई इण्डियन्स र पञ्जब किङ्सबीच खेल हुनेछ ।







