रास्वपा संसदीय दलको बैठक आज, समितिका सभापति चयनको तयारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा हुने भएको छ।
बैठकमा संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार चयन गर्ने मुख्य एजेन्डा रहेको छ। संघीय संसद्अन्तर्गत रहेका विभिन्न समितिहरूमा कसलाई सभापतिमा उठाउने भन्ने विषयमा दलभित्र छलफल हुने बताइएको छ।
संघीय संसद्मा कुल १६ वटा समिति छन्। तीमध्ये प्रतिनिधिसभाका १० वटा, राष्ट्रिय सभाका ४ वटा र २ वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभाका समितिहरूमा सभापति चयन भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिमा अझै चयन हुन बाँकी छ।
यसअघि प्रतिनिधिसभाले चैत २७ गते समितिहरूमा सदस्यहरूको टुंगो लगाएको थियो। सभामुख डोलप्रसाद अर्यालले समितिका सभापतिको निर्वाचनका लागि शुक्रबार मिति तय गरेका छन्। नियमअनुसार, सम्बन्धित समितिका सदस्यहरूले प्रस्तावक र समर्थकसहित सभापतिमा उम्मेदवारी दिन सक्ने व्यवस्था छ।







