सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला एक सय रूपैयाँले बढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँले बढेको छ। यससँगै सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भएको थियो।
अघिल्लो दिन सुनको मूल्य एकैदिन दुई हजार नौ सय रूपैयाँले बढेको थियो। चाँदीको भाउ पनि आज बढेको छ। बुधबार पाँच हजार दुई सय २० रूपैयाँ रहेको चाँदी आज प्रतितोला पाँच हजार दुई सय ५० रूपैयाँ पुगेको छ। यो ३० रूपैयाँले वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ।







