रास्वपाले तय गर्यो संसदीय समितिका सभापतिका उम्मेदवार
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापतिका लागि आफ्ना उम्मेदवारहरू तय गरेको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले १० वटा एकल समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि उम्मेदवार टुंगो लगाएको हो। पार्टीले सार्वजनिक लेखा समितिको सभापति पद भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ।
संसदीय समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुने भएको छ। त्यसका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।








