रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूका लागि मासिक लेबी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूका लागि मासिक लेबी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसद र मन्त्रीहरूले पार्टीलाई मासिक योगदान तिर्नुपर्ने प्रस्ताव पारित गरेको हो। निर्णय अनुसार सांसदहरूले मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ।

त्यस्तै, हालका स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ। सांसदहरूले भविष्यमा स्वकीय सचिव राखेमा उनीहरूका लागि पनि २ हजार रुपैयाँ लेबी लागू हुने व्यवस्था गरिएको छ।पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार यो व्यवस्था पार्टीको आन्तरिक सञ्चालन र व्यवस्थापनका लागि लागू गरिएको हो।