महान्यायाधिवक्ता कडेलको योग्यताविरुद्धको रिट दर्ता नगर्ने निर्णय सदर
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि उठाइएको प्रश्नलाई लिएर दायर गरिएको रिट सर्वोच्च अदालतले दर्ता नगर्ने निर्णयलाई सदर गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेशलाई सदर गरेको हो। यसअघि रजिस्ट्रारले रिट दर्ता गर्न नमिल्ने भन्दै अस्वीकार गरेका थिए।
अधिवक्ता माधव बस्नेतले कडेलको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका थिए। उनले कडेलले १५ वर्ष निरन्तर कानुन व्यवसाय गरे नपुगेको तर्क गरेका थिए। तर सर्वोच्चको यो निर्णयसँगै उक्त रिट अघि नबढ्ने भएको छ र महान्यायाधिवक्ता कडेलको योग्यता विवाद हाललाई टुंगिएको छ।







