लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काको उम्मेद्वारी दर्ता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काको उम्मेद्वारी दर्ता

काठमाडौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिका लागि मनोनयन दर्ता गरेका छन्।

कांग्रेस संसदीय दलले आजै खड्कालाई लेखा समितिको सभापतिका रूपमा अघि बढाउने निर्णय गरेपछि उनले मनोनयन दर्ता गरेका हुन्। समितिको सभापतिका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो । रास्वपाले अन्य समितिका सभापतिमा भने आफ्ना सांसदहरूलाई अघि सारेको छ । उता, विपक्षी दलहरूबीच पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।