रास्वपाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकको टुंगो लगाएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने निर्णय गरेको हो। त्यस्तै, सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई चयन गरिएको छ। पार्टीका अनुसार संसदमा पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्णय गरिएको हो।







