आज शेयर बजार घटेर बन्द
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज ३३.८३ अंकले घट्दै २,८३३ विन्दुमा पुगेको छ।
आज कुल ३४२ कम्पनीका २ करोड ७ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा ३१ कम्पनीका शेयर मूल्य बढेका छन् भने २३६ कम्पनीका शेयर मूल्य घटेका छन्।
सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ, जसको ६१ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो। त्यसपछि नेशनल हाइड्रोपावर र एसवाई प्यानलको पनि ठूलो कारोबार भएको छ।
लाभतर्फ रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले १० प्रतिशतसम्म कमाएका छन्। यस्तै केही अन्य कम्पनीका शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेका छन्। तर सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्, जसको शेयर मूल्य ९.४७ प्रतिशतले घटेको छ।







