प्रधानमन्त्री बालेन्द्र शाहले गरे प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग भेटघाट गरेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए। भेटमा संघ र प्रदेशबीचको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ।
साथै विकासका काम र अन्य समसामयिक विषयमा पनि कुराकानी भएको छ।







