युद्धविराम सुरु, इरानसँग सम्झौता नजिक: ट्रम्प

User Image Prime TV News ३ हप्ता अगाडि
Image of युद्धविराम सुरु, इरानसँग सम्झौता नजिक: ट्रम्प

काठमाडौ । लेबनान र इजरायल बीच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ। युद्धविराम सुरु भएपछि राजधानी बेरुतमा मानिसहरूले खुसियाली मनाएका छन्। तर यो शान्ति धेरै समय टिक्नेमा अझै आशंका गरिएको छ।

यसैबीच, डोनाल्ड ट्रम्पले इरान सँगको युद्ध पनि अन्त्यतिर पुगेको संकेत दिएका छन्। उनले इरानसँग सम्झौता नजिक पुगेको बताएका छन्। ट्रम्पका अनुसार इरान लामो समयसम्म आणविक हतियार नबनाउने विषयमा सहमत हुन सक्नेछ। यसबारे हालै इस्लामाबादमा वार्ता भएको थियो।

तर युद्धविराम लागू भए पनि तनाव भने कायमै छ। लेबनानले इजरायलमाथि दक्षिण क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इजरायलले भने हिजबुल्लाह का गतिविधिको जवाफ दिएको दाबी गरेको छ। यस घटनाले मध्यपूर्वमा शान्ति कायम हुने कि नहुने भन्ने अझै अनिश्चित रहेको देखाएको छ।