सुन र चाँदी दुवैको मूल्य घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५७ हजार ३० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ तोकिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।