परराष्ट्रमन्त्री खनाल र नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत बिच भेटवार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल सँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले शिष्टाचार भेट गरेकी छन्। भेट आज परराष्ट्र मन्त्रालयमा भएको हो। भेटमा नेपाल र लिथुआनिया बीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।
त्यसैगरी, दुई देशबीच सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने र आपसी सहयोग विस्तार गर्ने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार यो भेटले दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।







