युएई र ओमानविरुद्धको सिरिजका लागि नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of युएई र ओमानविरुद्धको सिरिजका लागि नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई र ओमानविरुद्धको सिरिजका लागि नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन् भने उपकप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन्।

टोलीमा युवा ब्याटर अर्जुन कुमाल पहिलो पटक समावेश भएका छन्। प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा स्थान दिइएको हो। त्यस्तै, तीन वर्षपछि अनुभवी खेलाडी विनोद भण्डारी पनि टोलीमा फर्किएका छन्।

१५ सदस्यीय मुख्य टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र करण केसी रहेका छन्। रिजर्भ खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल परेका छन्।

नेपालले युएईसँग वैशाख ६ र ७ गते दुई खेलको टी–२० सिरिज खेल्नेछ। त्यसपछि लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज वैशाख १२ देखि २२ गतेसम्म हुनेछ, जसमा नेपाल, ओमान र युएई सहभागी हुनेछन्। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका बीच अर्को सिरिज आयोजना हुनेछ।

नेपाल हाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा छ। यो सिरिज विश्वकप छनोट यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको छ।