कांग्रेसले दलको नेता चयन प्रक्रिया अघि बढाउन सांसदहरूलाई छलफलका लागि बोलायो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन सांसदहरूलाई छलफलका लागि बोलाएको छ।
निर्वाचन समितिले प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवै प्रकारका सांसदहरूलाई आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा हुने छलफलमा नेता चयनको प्रक्रियाबारे छलफल हुने बताइएको छ।
एक सांसदका अनुसार पार्टी कार्यालयबाट छलफलमा सहभागी हुन सूचना पठाइएको हो। यसअघि समितिले चैत ४ गते संसदीय दलको नेता चयनको कार्यतालिका सार्वजनिक गर्ने र चैत २ गते त्यसको तालिका आउने बताएको थियो। तर अहिलेसम्म औपचारिक कार्यतालिका सार्वजनिक भएको छैन।







