मुग्लिन–नारायणघाट सडक खण्ड फेरि एकतर्फी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मुग्लिन–नारायणघाट सडक खण्ड फेरि एकतर्फी

काठमाडौ । मुग्लिन–नारायणघाट सडक खण्ड फेरि एकतर्फी बनेको छ। आइतबार बिहान चितवनको दासढुंगा नजिकै सुख्खा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।

यसअघि तुइनखोलामा खसेको पहिरो हटाएर दुईतर्फी सवारी सञ्चालन सुरु गरिएको थियो। तर नयाँ पहिरो खस्नासाथ सडकमा पुनः अवरोध सिर्जना भएको हो। सडक डिभिजन कार्यालयका अनुसार पहिरो ठूलो नभएकाले करिब एक घण्टाभित्रै हटाउने काम सकिनेछ र त्यसपछि सडक पुनः दुईतर्फी सञ्चालनमा ल्याइने जनाएको छ । 

सडकमा पहिरो खसिरहने क्रमले गर्दा यात्रु तथा सवारी चालकलाई असहज भएको छ। सम्बन्धित निकायले सुरक्षित यात्रा गर्न यात्रुहरूलाई सचेत रहन आग्रह गरेका छन्।