संसदीय समितिमा नयाँ नेतृत्व चयन, धेरै ठाउँमा रास्वपाको पकड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of संसदीय समितिमा नयाँ नेतृत्व चयन, धेरै ठाउँमा रास्वपाको पकड

काठमाडौ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र संयुक्त समितिहरूमा शुक्रबार नयाँ सभापति चयन भएका छन्। अधिकांश समितिमा सहमतिमै सभापति चयन भए भने केहीमा चुनाव गरेर टुंगो लगाइएको छ।

प्रतिनिधि सभाका ९ वटा समिति र एक संयुक्त समितिमा सभापति निर्विरोध चयन भएका छन्। बाँकी एक–एक समितिमा भने चुनाव भएको थियो।

निर्विरोध रूपमा चयन हुनेहरूमा समीक्षा बास्कोटा, अशोक चौधरी, आशिष गजुरेल, आकृति अवस्थी, हरि ढकाल, भरतबहादुर खड्का, सुम्नीमा उदास, कृष्णहरि बुढाथोकी र रहवर अन्सारी रहेका छन्।

साथै, संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ पनि निर्विरोध चयन भएका छन्। निर्विरोध चयन हुनेमध्ये सार्वजनिक लेखा समितिका सभापति बाहेक अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। यसले समितिहरूमा रास्वपाको प्रभाव बलियो देखिएको छ।

यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित भइन्। उनले एमालेका उम्मेदवारलाई हराएकी हुन्। त्यस्तै, अर्को संयुक्त समितिमा पनि चुनाव भएको थियो। त्यसमा रास्वपाका गणेश कार्की विजयी भए।