नेतृत्व महाधिवेशनबाट तय हुन्छ, व्यक्तिगत इच्छाबाट होइनः नेता गजुरेल

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेतृत्व महाधिवेशनबाट तय हुन्छ, व्यक्तिगत इच्छाबाट होइनः नेता गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टी नेतृत्व कसले लिने भन्ने विषय व्यक्तिगत आकांक्षाको नभइ, महाधिवेशनको अधिकार क्षेत्रभित्र पर्ने धारणा व्यक्त गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले नेतृत्व लिन वा दिन व्यक्तिगत प्रयासको विषय नभएको स्पष्ट पारेका हुन्।

गजुरेलले नाम नलिए पनि नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै, पुष्पकमल दाहाल 'प्रचण्ड'को सहमतिसहित नेतृत्व लिने प्रयास असफल भएपछि केन्द्रीय समिति बैठकमा पेश भएको प्रस्ताव किन फिर्ता नलिइएको भन्ने प्रश्न उठाएका छन्।

“कमरेड प्रचण्डको सहमति सहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछि त्यसपछि के गर्नु उपयुक्त हुन्थ्यो भन्ने कुरा आकांक्षीहरूले आफैं बुझ्नुपर्ने हो,” गजुरेलले लेखेका छन्, “अब नेतृत्व कसले लिने भन्ने कुरा कसैको व्यक्तिगत हातमा छैन–त्यो त महाधिवेशनले निर्णय गर्ने कुरा हो।”

उनले हालको परिस्थिति नेतृत्वमा पुग्ने होडभन्दा बढी वैचारिक स्पष्टता र चिन्तन आवश्यक रहेको बताएका छन्।