एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै

काठमाडौ । एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै छन्। समूह चरण र सुपर फोरमा अपराजित भारतले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेल्न लागेको हो।

सुपर फोरको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो। भारत सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग सुपर ओभरमा विजयी हुँदै फाइनल पुगेको हो।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर हुनसक्छ।

भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ। भारत र पाकिस्तानको फाइनल भिडन्त बेलुकी सवा ८ बजे सुरु हुनेछ ।