कांग्रेसले प्रदेश सरकारका विषयमा छलफल गर्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसले प्रदेश सरकारका विषयमा छलफल गर्दै

काठमाडौ । नेपाली कांग्रेसले सातै प्रदेशका नेताहरूसँग छलफल गर्ने भएको छ। यसका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

आज दिउँसो १ बजे हुने छलफलमा प्रदेश सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुरा हुने जनाइएको छ। साथै मन्त्रिपरिषद् र मन्त्रालयको संख्या घटाउने विषय पनि मुख्य एजेन्डा हुनेछ। कांग्रेसले अहिले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।

ती प्रदेशहरूमा मन्त्रीहरूको संख्या कम गरेर ५ देखि ७ जनासम्म सीमित गर्नेबारे पार्टीभित्र छलफल भइरहेको छ। यसैबीच, उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका सरकारको कामलाई समन्वय गर्न जिम्मेवारी दिइएको छ। पार्टीले प्रदेश सरकारलाई छिटो, सरल र प्रभावकारी बनाउने उद्देश्यले यो छलफल गर्न लागेको जनाएको छ।