बिपी राजमार्गको काभ्रे–रोशी खण्ड वर्षाका कारण अवरुद्ध

User Image Prime TV News २ हप्ता अगाडि
Image of बिपी राजमार्गको काभ्रे–रोशी खण्ड वर्षाका कारण अवरुद्ध

काठमाडौ । लगातार परेको वर्षाका कारण बिपी राजमार्गको काभ्रे र रोशी जोड्ने सडकखण्ड आज बिहानदेखि बन्द भएको छ।

काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडक विभिन्न ठाउँमा बनेका अस्थायी डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो। प्रहरीका अनुसार वर्षाले रोशी खोलामा पानीको बहाव बढेपछि डाइभर्सन बगाएको हो। मर्मत कार्य सुरु भए पनि सडक खुलाउन केही समय लाग्ने बताइएको छ।

गत वर्षको बाढीपहिरोले यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो, जसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो। तर समय–समयमा फेरि डाइभर्सन बग्ने समस्या दोहोरिँदै आएको छ। सडक बन्द भएपछि सवारी साधनलाई काभ्रेभञ्ज्याङ र नेपालथोक क्षेत्रमा रोकिएको छ। प्रहरीले यात्रुहरूलाई अवस्था बुझेर मात्र यात्रा गर्न र यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।