मन्त्रीलाई आइफोन दिने हल्ला मात्र भएको संचारमन्त्री तिमिल्सिनाको दावी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरूलाई आइफोन उपलब्ध गराउने तयारी गरेको भन्ने समाचारलाई गलत बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो हल्ला कसरी फैलियो भन्ने प्रश्नसमेत गरेका छन्। उनले सरकार मन्त्रीका लागि कुनै पनि प्रकारको आइफोन वा विशेष फोन वितरण गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
मन्त्री तिमिल्सिनाले यस्ता समाचार सेयर गर्नुअघि स्रोत र सत्यता जाँच गर्न पनि आग्रह गरेका छन्। उनका अनुसार सरकार जनताको करको पैसा सही रूपमा प्रयोग गर्न प्रतिबद्ध छ र अनावश्यक खर्च गर्न नचाहने स्पष्ट नीति लिएको छ।







