टोटनहम र ब्राइटनको खेल बराबरीमा टुंगियो

User Image Prime TV News २ हप्ता अगाडि
Image of टोटनहम र ब्राइटनको खेल बराबरीमा टुंगियो

काठमाडौ । इंग्लिस प्रिमियर लिगमा टोटनहम र ब्राइटनबीचको खेल बराबरीमा सकिएको छ। शनिबार भएको खेल २–२ गोलको बराबरीमा टुंगिएको हो। खेलमा टोटनहमले दुई पटक अग्रता लिए पनि अन्त्यसम्म जोगाउन सकेन।

पहिलो हाफको ३९औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा ब्राइटनका कौरु मितोमाले बराबरी गोल फर्काए। दोस्रो हाफमा ७७औँ मिनेटमा जाभी सिमोन्सले गोल गर्दै टोटनहमलाई फेरि अगाडि पारे। तर खेलको अन्तिम समयमा ब्राइटनका जर्जिन्हो रुटेरले गोल गर्दै खेल बराबरीमा ल्याए।

यो बराबरीपछि टोटनहमको ३१ अंक भएको छ भने ब्राइटनको ४७ अंक पुगेको छ। शनिबारै भएको अर्को खेलमा ब्रेन्टफोर्ड र फुलहम पनि ०–० को बराबरीमा रोकिएका छन्। ब्रेन्टफोर्डसँग ४८ अंक छ भने फुलहमसँग ४५ अंक रहेको छ।