गोरखा जिल्लाका सामुदायिक विद्यालय भोली देखि सञ्चालन हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of गोरखा जिल्लाका सामुदायिक विद्यालय भोली देखि सञ्चालन हुने

गोरखा ।  गोरखा जिल्लाका सामुदायिक विद्यालयमा भोलि सोमबारदेखि पठनपाठन सुरु हुने भएको छ। संघीय सरकारले वैशाख २१ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरे पनि त्यसलाई व्यवहारिक नभएको भन्दै विद्यालयहरू अघि नै सञ्चालन गर्न लागिएको हो।

जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरूको बैठकले वैशाख ७ गतेदेखि नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। उनीहरूले शिक्षा मन्त्रालयका परिपत्रका कारण कक्षा सञ्चालनको समय घट्ने र शैक्षिक सत्रमा अन्योल हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बैठकले नयाँ शिक्षा ऐन छिटो ल्याउन सरकारसँग आग्रह गरेको छ। त्यस्तै, अभिभावकहरूको मागलाई ध्यानमा राख्दै सोमबारदेखि भर्ना अभियान र नियमित कक्षा दुवै सुरु गर्ने निर्णय गरिएको छ। यसैबीच, विकास आयोजनाका लागि छुट्याइएको बजेट रोकिएको भन्दै त्यसलाई छिटो फुकुवा गर्न पनि माग गरिएको छ।