कांग्रेसमा खड्का पक्षको बैठक आज पनि बस्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
बैठक आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ। सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टीको आधिकारिकता र आगामी १५औँ महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
यसअघि शनिबार खड्काले आफ्ना निकट नेताहरूसँग आफ्नै निवासमा पनि छलफल गरेका थिए। उक्त छलफलमा विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत नेताहरू सहभागी थिए।
आजको बैठकमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल हुने बताइएको छ।







