अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु


काठमाडौ । दक्षिण भारतिय राज्य तमिलनाडुको करुरमा अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। राजधानी चेन्नईबाट लगभग चारसय किलोमिटर दक्षिणपश्चिममा रहेको करुरमा विजयको चुनावी र्यालीमा भएको भागदौडमा मृत्यु हुनेमा १६ महिला तथा ८ बालबालिका समेत रहेका छन्।
घटनामा ५८ भन्दा बढी घाइते भएकाछन् । विजयको र्यालीमा ठुलो मात्रामा मानिसहरु पुगेका थिए। कार्यक्रम अघि बढ्दै जाँदा एक ९ वर्षीय बच्ची हराएको जानकारी थलपतिले पाएका थिए। लगतै उनले मञ्चबाट उनको खोजी गर्नका लागि अपिल गरेका थिए।
लगतै भागदौड मच्चिएको जनाइएको छ। भीडमा फस्दा निस्सासिएर धेरैको मृत्यु भएको जनाइएको छ। धेरै बेहोस भएकाहरुलाई करुर मेडिकल कलेज तथा वरिपरिका निजी अस्पतालहरूमा पुर्याइएको थियो। तमिलनाडु मुख्यमन्त्री एम के स्टालिनले करुरमा भएको घटना गम्भीर भएको बताए।
मुख्यमन्त्री एम.के. स्टालिनले घाइतेको उपचारमा कुनै कमि नगर्न निर्देशन दिएका छन्।