सुन र चाँदीको मूल्य बढ्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुन र चाँदीको मूल्य           बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढेको हो।

अब सुनको मूल्य प्रति तोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रति तोला ५ हजार २२५ रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।