पार्टीलाई सिध्याउने सपना नदेख्न राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई सिध्याउने सपना नदेख्न चेतावनी दिएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा उनले राप्रपा चुनाव हार्दैमा समाप्त नहुने बताएका हुन्।
लिङ्देनका अनुसार राप्रपा धेरै व्यक्तिको मेहनत र योगदानबाट बनेको पार्टी हो र चुनाव हार्दैमा यसको भविष्य समाप्त नहुने उनले दाबी गरेका छन्।उनले राप्रपा आफ्नो विचार र एजेन्डाबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्।
उनका अनुसार पार्टी राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश संरचनामा सुधारको पक्षमा रहेको छ। लिङ्देनले पार्टी आफ्ना कमजोरी सुधार गर्दै पुनर्गठन भएर अघि बढ्ने पनि बताएका छन्।







