कोइराला पक्ष सर्वोच्चको फैसला स्वीकार गर्दै पार्टी एकताको पक्षमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of कोइराला पक्ष सर्वोच्चको फैसला स्वीकार गर्दै पार्टी एकताको पक्षमा

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टी एकतामा अघि बढ्ने निष्कर्ष निकालेका छन्। शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भएको छलफलमा उनी स्वयं उपस्थित थिएनन्। तर छलफलको नेतृत्व पूर्वउपसभापति धनराज गुरूङले गरेका थिए।

छलफलमा शशांक कोइराला, जीवन परियार, बद्री पाण्डे, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाई, चन्द्रमोहन यादव, सीता थपलियाललगायत नेताहरू सहभागी थिए। नेताहरूले लोकतान्त्रिक अभ्यासअनुसार अदालतको निर्णय स्वीकार गर्नुपर्ने भन्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निष्कर्ष निकालेका छन्।

छलफलमा गगन थापा नेतृत्व स्वीकार गर्दै अघि बढ्ने सहमति पनि भएको बताइएको छ। गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए, जसलाई सर्वोच्च अदालतले मान्यता दिएको छ। कोइराला पक्षले आज धुम्बाराहीमा हुने अर्को छलफलमा भने सहभागी नहुने जनाएको छ।