कांग्रेसभित्र नयाँ नेतृत्व आएपछि देउवा समूह सक्रिय छलफलमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र नयाँ नेतृत्व आएपछि पुरानो देउवा समूह सक्रिय छलफलमा जुटेको छ। पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि शेरबहादुर देउवा पक्षले आगामी रणनीति तय गर्न लगातार बैठकहरू गरिरहेको छ।
देउवा पक्षका नेताहरू आज काठमाडौंको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भेला भएका छन्। यसअघि शनिबार पनि नेता पूर्णबहादुर खड्काले आफ्नै निवासमा तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा सर्वोच्च अदालतको निर्णयप्रति असहमति भए पनि त्यसलाई स्वीकार गर्ने निष्कर्ष निकालिएको बताइएको छ।
आजको भेलामा कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायत नेताहरू सहभागी छन्। नेताहरूका अनुसार आजको बैठकले पार्टीभित्र देउवा समूह कसरी प्रस्तुत हुने र आगामी दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा निर्णय गर्नेछ।
नयाँ नेतृत्व आएसँगै पार्टीभित्र शक्ति सन्तुलन बदलिएको देखिएको छ र देउवा समूह आफ्नो भूमिका स्पष्ट पार्न छलफलमा जुटेको छ।







