एक महिनासम्म पनि निष्कर्षविहीन नेकपा बैठक

User Image Prime TV News २ हप्ता अगाडि
Image of एक महिनासम्म पनि निष्कर्षविहीन नेकपा बैठक

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक लामो समयदेखि चलिरहे पनि अझै कुनै ठोस निर्णय हुन सकेको छैन।

प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा आएपछि संयोजक पुष्पकमल दाहालले चैत १९ गते बैठक बोलाएका थिए। बैठकमा उनले चुनावको समीक्षा प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सदस्यहरूले आफ्नो धारणा राखेका थिए। करिब ४० जना सदस्यले लिखित र मौखिक रूपमा सुझाव दिएका थिए। तर छलफल लामो भए पनि निष्कर्षमा पुग्न सकिएको छैन।

शनिबार निर्णय सार्वजनिक गर्ने तयारी भए पनि बैठक अन्तिम समयमा स्थगित गरिएको छ। आवश्यक तयारी नपुगेको भन्दै बैठक सारिएको हो। मुख्य सचिव गणेशमान पुनका अनुसार अब बैठक वैशाख १० गतेतिर बस्न सक्नेछ। पार्टीभित्र नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय सचिवालय गठन र आगामी कार्यक्रमबारे अझै सहमति जुट्न बाँकी छ। त्यसैले निर्णय ढिलाइ भइरहेको छ।

पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने आवाज पनि उठिरहेको छ । तर यस विषयमा तत्काल निर्णय हुने सम्भावना कम देखिएको छ।