नतिजा सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट

User Image Prime TV News २ हप्ता अगाडि
Image of नतिजा सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट

काठमाडौ । अब विश्वविद्यालयहरूले परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि सबै विश्वविद्यालयका उपकुलपतिहरू यस विषयमा सहमत भएका हुन्।

लामो समयसम्म ट्रान्सक्रिप्टका लागि विद्यार्थीहरूले कुर्नुपर्ने र धाउनुपर्ने समस्या अब हटाउने लक्ष्य सरकारले लिएको छ। विगतमा महिनौँसम्म ढिलाइ हुनु शिक्षा प्रणालीकै ठूलो कमजोरी थियो, जसले विद्यार्थीको भविष्यमा सीधा असर पार्दै आएको थियो।

सरकारले शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यसका लागि विश्वविद्यालयहरूले १५ दिनभित्रै आवश्यक एप वा पोर्टल तयार गरी नागरिक एप सँग जोड्ने निर्णय गरिएको छ।

त्यसैगरी, परीक्षा नतिजालाई पारदर्शी र पूर्वानुमानयोग्य बनाउन ‘नतिजा पोर्टल’ निर्माण गरिनेछ। यसले परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित, छिटो र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

तर, यस्तो निर्णय कागजमै सीमित भयो भने त्यो शिक्षा क्षेत्रका लागि फेरि पनि ठूलो असफलता हुनेछ। कार्यान्वयनमै इमानदारी देखिए मात्रै विद्यार्थीले वास्तविक राहत पाउनेछन् ।