सय रुपैयाँ भन्सार शुल्क निर्णय जनविरोधी: नेपाली कांग्रेस

User Image Prime TV News २ हप्ता अगाडि
Image of सय रुपैयाँ भन्सार शुल्क निर्णय जनविरोधी: नेपाली कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लगाउने निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले आइतबार जारी गरेको वक्तव्यमा उक्त नीति जनताको हितविपरीत रहेको बताएका छन्। उनका अनुसार यस्तो कदम अव्यवहारिक मात्र होइन, आर्थिक रूपमा कमजोर अवस्थाबाट गुज्रिरहेका नागरिकमाथि थप बोझ थोपर्ने काम हो।

कांग्रेसले सानो परिमाणको खरिदमै शुल्क लगाउनु जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र उनीहरूको क्रयशक्ति झन् घटाउने तर्क गरेको छ। यसलाई गरिबी बढाउने नीतिगत निर्णयका रूपमा व्याख्या गर्दै तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरिएको छ।

पार्टीले विशेषगरी मधेशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूमा यसले राज्यप्रति असन्तोष र विभेदको भावना बढाउने चेतावनी दिएको छ। यस्तो नीतिले सामाजिक न्याय र राष्ट्रिय एकतामा नकारात्मक असर पार्न सक्ने कांग्रेसको ठहर छ ।