रास्वपाले बैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपाले बैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि पनि स्वीकृत गरिएको छ।

बैठकले केन्द्रीय सङ्गठन विभागको विज्ञ समूहमा तीन जना सदस्य मनोनीत गरेको छ। रुपन्देहीका कमल खनाल, सुर्खेतका तोरण बिक र रौतहटका उदय सापकोटा उक्त समूहमा चयन भएका छन्।

यस्तै, प्रत्यक्ष निर्वाचित सांसद नभएको क्षेत्रमा समानुपातिक तर्फका सांसदलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा लाई नियुक्त गरिएको छ।

रास्वपाले आगामी महाधिवेशनको तयारी पनि अघि बढाएको छ। त्यसका लागि महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरिएको छ। साथै, केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ। बैठकमा पदाधिकारी मनोनयन, विधान संशोधन र महाधिवेशनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।