अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आज आउँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आज आउँदै

काठमाडौ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्दै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि नेपाल आउने उनी पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनी वैशाख ९ गते फर्किने कार्यक्रम छ।

नेपाल बसाइका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गर्नेछन्। मंगलबार बिहान साढे ९ बजे खनालसँग र साढे १० बजे वाग्लेसँग सम्बन्धित मन्त्रालयमै भेटवार्ता हुने बताइएको छ।

दूतावास स्रोतका अनुसार यो भ्रमण परिचयात्मक भएकाले प्रधानमन्त्री बालेन्द्र शाह सँग भेटको कार्यक्रम राखिएको छैन। भेटवार्तामा एमसीसी को कार्यान्वयन र नेपाल–अमेरिका सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा उनले पाटन दरबार स्क्वायर पनि अवलोकन गर्ने कार्यक्रम छ। अमेरिकी दूतावासका अनुसार कपुर २०२५ अक्टोबरमा सहायक विदेशमन्त्री बनेका हुन्। उनी यसअघि डिसेम्बरमै नेपाल आउने योजना थियो, तर चुनावका कारण भ्रमण पछि सारिएको थियो।

यो भ्रमण औपचारिकभन्दा बढी परिचयात्मक भए पनि नेपाल–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण मानिएको छ।