कांग्रेसको अनुशासन समितिले खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसको अनुशासन समितिले खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ।

सानेपामा सोमबार बस्ने समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने बताइएको छ। यसअघि समितिले २ चैतमा बसेको बैठकबाट खड्कालाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।

तर अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएपछि उक्त स्पष्टीकरण आवश्यक नरहेको निष्कर्ष निकालिएको छ। यही कारणले स्पष्टीकरण फिर्ता लिन लागिएको हो। खड्काले भने सुरुबाटै स्पष्टीकरण सोध्ने निर्णयको विरोध गरेका थिए। उनले यस्तो निर्णय अवैधानिक भएको भन्दै अस्वीकार गरेका थिए।

समितिले स्पष्टीकरण फिर्ता लिएपछि नेपाली कांग्रेसभित्रको यो विवाद केही कम हुने अपेक्षा गरिएको छ।