अनुसन्धानमा रहेको कम्पनीसँग नाम जोडिएपछि गृहमन्त्री गुरुङ दबाबमा, राति लामिछानेसँग भेट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । विवादमा परेका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गुरुङको पनि शेयर रहेको तथ्य सार्वजनिक भएपछि उनीमाथि दबाब बढेको हो।
उक्त कम्पनी अनुसन्धानकै दायरामा रहेकाले मन्त्रीको भूमिकामाथि प्रश्न उठेको छ। यसैबीच बढ्दो दबाबका कारण गुरुङ लामिछानेको निवास पुगेका हुन्। उनी साँझ करिब ८ बजे पुगेका र करिब १० बजे फर्किएको बताइएको छ। भेटका क्रममा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोनमा कुरा गराउने प्रयास गरेका थिए।
यसले राजीनामाको दबाब कम गर्ने उद्देश्य रहेको अनुमान गरिएको छ। रास्वपा भित्रै पनि गुरुङको राजीनामा माग उठ्न थालेको छ। तर सभापति लामिछानेले यस विषयमा पार्टी बैठकमै छलफल गर्नुपर्ने बताएका छन्। यस घटनाले सरकार र सत्तारूढ दलभित्र थप बहस सुरु भएको छ।







