सुन र चाँदी दुवैको मूल्य घट्यो, सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ। आजका लागि सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा तोकिएको छ। अघिल्लो दिन सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार सुनको मूल्य २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसरी पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्यमा लगातार उतारचढाव देखिएको छ।







